आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

थप १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि

गोकर्णेश्वर खबर२२ माघ २०७८, शनिबार १८:१० मा प्रकाशित (२ साल अघि) १३५ पाठक संख्या

२२ माघ, काठमाडौं । देशभर थप १ हजार ७१४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ५१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ११०३ र एन्टिजेन विधिबाट ६११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ४७७१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ६३९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ । हाल देशभर ५२ हजार ७८० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

२४ घण्टामा ९ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ३ पुगेको छ । २४ घण्टामा ५ लाख ८८ हजार ४ सय ४० जनाले खोप लगाएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्‍ये काठमाडौंका ३१६, ललितपुरका १०४ र भक्तपुरका ४३ जना संक्रमित छन् ।

उपत्यका बाहेक सबैभन्दा धेरै कास्कीमा ६५, मोरङमा ६१, काभ्रेपलाञ्चोकमा ४७, नुवाकोटमा ४४, सुनसरीमा २८ तथा चितवन र कैलालीमा २६र२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मकवानपुर, पाल्पा र रुपन्देहीमा २०र२० जना, दाङमा १८, झापा, दादिङ र कञ्‍चनपुरमा १४ जना, तनहुँमा १३, स्याङजामा १२ तथा धनकुटा, धनुषा र गोरखामा १०र१० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।