FLASH NEWS
आज: २३ असार २०७९, बिहीबार | Thu, 07, Jul, 2022 Gokarneshwor TV HD

कपिलवस्तुमा गर्भवती महिलाको हत्या : पति र ससुरा पक्राउ

गोकर्णेश्वर खबर२२ माघ २०७८, शनिबार ०७:५८ मा प्रकाशित (५ महिना अघि) १५३ पाठक संख्या

बुटवल । कपिलवस्तुमा एक गर्भवती महिलाको हत्या आरोपमा मृतक महिलाका पति र ससुरा पक्राउ परेका छन् ।

जिल्लाको यशोधरा गाउँपालिका ८ की अन्दाजी २१ वर्षीया रहिसुन्निसा मुसलमानलाई हत्या गरेको आरोपमा उनका पति २२ वर्षीय मोहम्मद नसिम अलि मुसलमान र निजको बुवा ५० वर्षीय अब्बास अलि मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

मृतक महिला दुई महिनाको गर्भवती भएको र मृत्यु शंकास्पद भएकोले शुक्रबार गाडेको शव उत्खनन गरी पोष्टमार्टमको लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।