आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

दूधको मूल्य बढ्यो, समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम

गोकर्णेश्वर खबर१८ माघ २०७८, मंगलवार १०:५३ मा प्रकाशित (२ साल अघि) ४५८ पाठक संख्या

१८ माघ, काठमाडौं । सरकारले दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग महतराजले जानकारी दिनुभयो ।

यसअघि दूधकको मूल्य प्रतिलिटर ४९.५२ रुपियाँ थियो ।

बैठकले दूधको मूल्य ५६.०४ रुपियाँ कायम गरेसँगै १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपियाँले दुधको मूल्य वृद्धि भएको हो ।