आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

राजन चौंलागाई खैराँते नेपाल साँस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित

गोकर्णेश्वर खबर१३ माघ २०७८, बिहीबार ०९:१६ मा प्रकाशित (२ साल अघि) ४१६ पाठक संख्या

१३ माघ, काठमाडौं । नेपाल साँस्कृतिक संघको केन्द्रीय सदस्यमा कलाकार राजन चौंलागाई मनोनित भएका छन् । नेपाली कांग्रेसको भातृ संगठन संघमा गोकर्णेश्वर ४ का चौंलागाई मनोनित भएका हुन् । कलाकार चौंलागाई विशेष गरी खैराँतेको नामले पनि चिनिन्छन् ।

चौंलागाईलाई नेपाल साँस्कृतिक संघको विधानको परिच्छेद ७ को दफा २० (च) बमोजिम संघको केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको हो ।

सांस्कृतिक गतिविधिका माध्यमबाट नेपाली कांग्रेसको उत्थान, प्रवद्धर्न र संगठनको समग्र सुदृढीकरणका लागि निरन्तर सक्रिय भूमिका निर्वाह गरेकोले केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको संघले जनाएको छ ।

२०४७ साल देखि कलाकारिता क्षेत्रमा निरन्तर सक्रिय चौंलागाईले रेडियो नेपाल, नेपाल टेलिभिजनका कार्यक्रम तथा थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका छन् । कलाकार चौंलागाई पछिल्लो समयमा टुप्पी ठाडो गितबाट निकै भाइरलसमेत भएका छन् ।

उनले नेपाल टेिलभिजनको चर्चित हास्य टेलि फिल्महरु जिरे खुर्सानि, झ्याइकुटि झ्याइ, हाक्का हाक्की, कान्तिपुर टि भि को हर्के हल्दार, जनता टि भि को हुन्छ बहादुर जस्ता लोकप्रिय कार्यक्रमहरुमा अभिनय गरिसकेका छन् । त्यस्तै, उनका थुप्रै प्यारोडी गित, गाइजात्रे फिल्महरु र घेरै लोक गितहरु समेत बजारमा आएका छन् ।