आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

सुरेन्द्र तामाङ नेपाल साँस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित

गोकर्णेश्वर खबर११ माघ २०७८, मंगलवार २१:३६ मा प्रकाशित (२ साल अघि) ६७२ पाठक संख्या

११ माघ, काठमाडौं । नेपाल साँस्कृतिक संघको केन्द्रीय सदस्यमा सुरेन्द्र तामाङ मनोनित भएका छन् । नेपाली कांग्रेसको भातृ संगठन नेपाल साँस्कृतिक संघमा काठमाडौं बौद्धका तामाङ मनोनित भएका हुन् ।

तामाङलाई नेपाल साँस्कृतिक संघको विधानको परिच्छेद ७ को दफा २० (च) बमोजिम संघको केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको हो ।

सांस्कृतिक गतिविधिका माध्यमबाट नेपाली कांग्रेसको उत्थान, प्रवद्धर्न र संगठनको समग्र सुदृढीकरणका लागि निरन्तर सक्रिय भूमिका निर्वाह गरेकोले केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको संघले जनाएको छ ।