आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

६ हजार ४६२ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

गोकर्णेश्वर खबर९ माघ २०७८, आईतवार १७:१८ मा प्रकाशित (२ साल अघि) १०० पाठक संख्या

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा ६४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ३७७ जनाको पीसीआर परीक्षणमा ५५५८ र ४ हजार ६० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८६४ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १४१६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।