आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

काठमाडौँ उपत्यकामा थपिए ५ हजार ३०६ संक्रमित

गोकर्णेश्वर खबर८ माघ २०७८, शनिबार १६:५७ मा प्रकाशित (२ साल अघि) १०३ पाठक संख्या

काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यका कोरोना भाइरसको हट स्पट बन्दै गएको छ । शनिबार मात्रै काठमााडौँ उपत्यकामा ५ हजार ३०६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार ७६२, ललितपुरमा १ हजार ११० र भक्तपुरमा ४३४ जना संक्रमित फेला परेको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा देशभर १० हजार २५४ जना संक्रमित थपिएका छन् भने सोही अवधिमा ७०८ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसबाट शनिबार १६ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाको कारणबाट ११ हजार ६५१ जनाको मृत्यु भएको छ ।