आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

खाडी राष्ट्रमा भिजिट भिसा भ्रमणमा जान रोक

गोकर्णेश्वर खबर८ माघ २०७८, शनिबार ०९:०४ मा प्रकाशित (२ साल अघि) ८३ पाठक संख्या

काठमाडौं । सरकारले खाडी राष्ट्रमा भिजिट भिसा भ्रमणमा जानका लागि रोक लगाएको छ।

माघ १० गतेदेखि लागु हुने गरी अर्को आदेश जारी नहुन्जेल रोक लगाइएको हो।

शुक्रबार गृह मन्त्रालयले खाडी राष्ट्र र मलेसियामा गएर विचल्लीमा परेको समाचार आइरहेको भन्दै उक्त निर्णय गरेको जनाएको छ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ कोभिड १९ को ओमिक्रोन भेरियन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रूपमा फैलिँदै गइरहेको हुँदा विभिन्न उद्देश्यले खाडी राष्ट्रहरू र मलेसियामा गई बिचल्लीमा पर्ने गरेका गुनासा, समाचार र सूचनाहरू प्राप्त भएकोले मिति २०७८ माघ १० गदेखि लागु हुने गरी अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रहरूको भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।