आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

स्वास्थ्य मन्त्रालयले भन्यो- फरक फरक खोप नलगाउनुस्

गोकर्णेश्वर खबर७ माघ २०७८, शुक्रबार १६:४९ मा प्रकाशित (२ साल अघि) ३९१ पाठक संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फरक फरक खोप नलगाउन आग्रह गरेको छ । दोस्रो वा बुस्टर डोजका रुपमा पहिल्यै लगाएको खोप लगाउन आग्रह गरेको हो ।

अर्को खोप लगाउँदा शरीरमा फरक प्रतिक्रिया आउन सक्ने भएकाले यस्तो सिफारिस गरिएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बताए ।

‘पहिला जुन खोप लगाएका छौँ, त्यही लगाउन सिफारिस गरेका छौं । एउटा खोप लगाएकोमा अर्को मिसाउने सिफारिस गरेका छैनौँ’, उनले भने ।

कोभिशिल्ड र अस्ट्रजेनेका खोपको बनावट एउटै हो । त्यसैले अस्ट्राजेनेकाको ठाउँमा कोभिशिल्ड, कोभिशिल्डको ठाउँमा अस्ट्रजेनिका लगाउँदा फरक पर्दैन । तर कोभिशिल्ड वा अस्ट्रजेनेका लगाएको व्यक्तिमा भेरोसेल लगाउन सरकारले सिफारिस नगरेको सहप्रवक्ता अधिकारीको भनाई छ ।

‘भ्याक्सिनले गर्ने प्रतिक्रिया फरक हुनसक्छ । त्यसले शरीरभित्र अरु प्रतिक्रिया जनाउन सक्छ । त्यसैले सबै जनालाई जे खोप पहिला लगाएका छौँ, त्यही खोप नै अतिरिक्त मात्राका रुपमा लगाउन अनुरोध गर्दछु’, उनले भने ।