आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

आजबाट सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य

गोकर्णेश्वर खबर७ माघ २०७८, शुक्रबार १५:२८ मा प्रकाशित (२ साल अघि) ४९६ पाठक संख्या

काठमाडौं, माघ ७ गते । आजबाट सार्वजनिक सेवा लिन अनिवार्य रुपमा खोप कार्ड देखाउनुपर्ने नियम लागू भएको छ । सरकारले कोरोना सङ्क्रमणदर बढेपछि सङ्क्रमणलाई नियन्त्रण गर्न शुक्रबारदेखि सार्वजनिक स्थलमा प्रवेश गर्न र सेवा लिनका लागि खोप कार्ड देखाउनुपर्ने नियमलाई लागू गरेको हो ।

कार्यालय, होटल, फिल्म हल, रंगशाला, हवाईयात्रा गर्दा कोरोनविरुद्धको खोप लगाएको कार्ड वा फोटो अनिवार्य रुपमा देखाएर मात्रै प्रवेश गर्न पाइनेछ ।

यसका साथै मन्त्रालयले बुस्टर डोज खोप लगाउन पनि पहिले लगाएको खोप कार्ड अनिवार्य गरेको छ ।