आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

प्रधानमन्त्री देउवाले आज दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

गोकर्णेश्वर खबर७ माघ २०७८, शुक्रबार १४:५६ मा प्रकाशित (२ साल अघि) १०२ पाठक संख्या

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्ती देउवाले शुक्रबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

नेपाल टेलिभिजनले लाइभ गर्ने सम्बोधनमा देउवाले देशको राजनीतिक र सरकारका गतिविधिबारे जानकारी गराउने बताइएको छ ।

सरकारको ६ महिने कामको जानकारी तथा कोरोना महामारी लगायत बिषयमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री देउवा गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।