आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना

गोकर्णेश्वर खबर६ माघ २०७८, बिहीबार २०:३९ मा प्रकाशित (२ साल अघि) १५१ पाठक संख्या

ललितपुर । उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

अदालतका रजिष्टार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ।

यस्तै, सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट सङ्क्रमित भएका छन्।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना सङ्क्रमण भएको छ। रासस