आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

गोकर्णेश्वर खबर६ माघ २०७८, बिहीबार १९:२२ मा प्रकाशित (२ साल अघि) १०१ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले उनीहरुबीच भेटवार्ता चलिरहेको स्रोतले बतायो । भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् ।

बिहीबार अपरान्ह ४ बजे सत्तारुढ गठबन्धनमा रहेका दलहरु सम्मेलित राजनीति संयन्त्रको बैठक बोलाइए पनि स्थगित भएको थियो । बैठक स्थगित भएपछि देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

प्रचण्डले हालै वैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रस्ताव अघि सारेका छन् ।