आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कांग्रेस महामन्त्री शर्मालाई कोरोना संक्रमण

गोकर्णेश्वर खबर५ माघ २०७८, बुधबार १२:५४ मा प्रकाशित (२ साल अघि) ६४ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ।

आज मेडिसिटी अस्पतालमा पिसीआर परीक्षण गर्दा शर्मालाई पोजेटिभ देखिएको हो।

उनलाई यसअघि पनि कोरोना संक्रमण भएको थियो।

महामन्त्री शर्माले आठ महिनापछि आफूसहित परिवारका सदस्यलाई फेरि कोरोना संक्रमण भएको बताएका छन्।

उनले सार्वजनिक कार्यक्रमहरूमा सतर्कता नराख्दा आफूलाई कोरोना संक्रमण भएको भन्दै आत्मआलोचनासमेत गरेका छन्।

शर्मा कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि विभिन्न जिल्लाका कार्यक्रममा पुगेका थिए।

उनले आइसोलेसनमा बसेको बताएका छन् भने एक सातापछि पार्टीका काममा फर्कने उल्लेख गरेका छन्।