आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्ने सहमति

गोकर्णेश्वर खबर४ माघ २०७८, मंगलवार १३:३९ मा प्रकाशित (२ साल अघि) १७८ पाठक संख्या

४ माघ, काठमाडौं। सरकार सञ्चालनका लागि गठित पाँचदलीय समन्वय समितिको बैठकमा आगामी स्थानीय तहको निर्वाचन संविधानमा व्यवस्था भएबमोजिम वैशाखमा नै सम्पन्न हुनुपर्नेमा सहमति जुटेको छ ।

मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा उच्चस्तरीय समन्वय समितिका संयोजक काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको उक्त बैेठकमा दलहरुबीच सो सहमति जुटेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

यससँगै आजको बैठकमा माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनको जीत कसरी सुनिश्चित गराउने भन्नेबारे छलफल भएको समेत मन्त्री कार्कीले बताए ।

स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न निर्वाचन आयोग लगायत सरोकारवाला निकायसँग थप परामर्श भइरहेको र यसबाहेक अन्य विषयमा छलफल एवम् निर्णयका लागि माघ ६ गते गठबन्धनको बैठक पुन बस्ने जनाइएको छ ।