आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

आज मधेश प्रदेशमा सार्वजनिक विदा

गोकर्णेश्वर खबर४ माघ २०७८, मंगलवार ०८:४० मा प्रकाशित (२ साल अघि) १०६८ पाठक संख्या

४ माघ, काठमाडौं । चार वर्षसम्मको रस्साकस्सीपछि सोमबार प्रदेश २ को नाम मधेस र स्थायी राजधानी जनकपुर तय भएकोमा प्रदेश नं. २ (मधेश प्रदेश) सरकारले आज मंगलबार प्रदेशमा सार्वजनिक विदा दिएको छ । सोमबार प्रदेशसभा बैठकले मतदानमार्फत नाम र राजधानीको टुंगो लगाएको हो। बैठकमा पहिला राजधानी, त्यसपछि नामसम्बन्धी प्रस्तावमाथि मतदान भएको थियो।

प्रदेशसभा बैठकले राजधानी जनकपुरधाम रहने गरी, प्रदेशको नाम मधेश टुंगो लगाएको छ ।

प्रदेश नं. २ मा प्रदेश सभामा १ सय ४ सांसदमध्ये ९९ जना मतदानमा सहभागी थिए। जनकपुर राजधानी हुनुपर्ने पक्षमा ७८ मत खसेको थियो। सभामुख सरोज यादवले यो प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको घोषणा गरेका थिए। सभामुख यादव नेतृत्वको संसदीय समितिले राजधानीका लागि जनकपुरधाम उपमहानगरपालिकालाई केन्द्रमानी प्रस्ताव अघि बढाएको थियो।

त्यसमा उत्तरमा ढल्केवर र राजमार्ग, पूर्वमा कमला नदी हुँदै दक्षिणमा नेपालको सीमासम्म र पश्चिममा मिथिला माध्यमीकी परिक्रमाको बृहत्तर क्षेत्रसहितको भूभाग समेटिएको छ। प्रदेशसभामा रहेका सबै दलले यसलाई साझा रूपमा प्रस्ताव गरेका थिए। बारा र पर्साबाट प्रतिनिधित्व गर्ने सांसदले भने जनकपुरको विपक्षमा मतदान गरेका थिए। उनीहरूले वीरगन्ज क्षेत्रलाई नै राजधानी बनाउनुपर्ने प्रस्ताव गरेका थिए।