आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

गोकर्णेश्वरमा प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत तथा विदाई

गोकर्णेश्वर खबर३ माघ २०७८, सोमबार १६:१० मा प्रकाशित (२ साल अघि) १७५ पाठक संख्या

३ माघ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटालाई स्वागत तथा निवर्तमान प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यलाई विदाई गरिएको छ ।

सोमबार नगरपालिकाको हलमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु तथा कर्मचारीको उपस्थितीमा सापकोटालाई स्वागत तथा आचार्यलाई विदाई गरिएको हो । आचार्यले १७ महिना गोकर्णेश्वर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा रही कार्य गरे ।

स्वागत तथा विदाई कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चालिसेले जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सकिन केही महिना बाँकि रहेको अवस्थामा जनप्रतिनिधि र कर्मचारीले धेरै खटिएर, समन्वयपूर्वक काम गर्न आवश्यक रहेकोमा जोड दिंए । चालिसेले नयाँ प्रमुख प्रशासकीय अधिकृत सापकोटासँग नगरको विकासमा सहकार्य, समन्वय गर्दै कार्य गर्न सहज हुने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरे ।

यसैगरी, निवर्तमान प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य जस्तो अनुभवि व्यक्तित्वसँग काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै नगर प्रमुख चालिसेले आचार्य जहाँ पुगे पनि त्यस क्षेत्रको विकासमा उनको अनुभव र क्षमताले राम्रोे हुने बताए । उनले आचार्यको अनुभव र विज्ञताको प्रशंसा गर्दै आगामी दिनमा पनि नगरपालिकाको हितमा कार्य गर्न आचार्यसँग सल्लाह सुझाव लिने बताए ।

कार्यक्रममा नगर उपप्रमुख शान्ति नेपाल, वडा अध्यक्षको तर्फबाट वडा नं. ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै, निवर्तमान प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीसँग अत्यन्त्य सहजताका साथ सहकार्य र समन्वयमा काम गर्न पाएकोमा आभार व्यक्त गरे ।

त्यस्तै, नयाँ प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले आफूले पाएको दायित्व र अधिकारको आधारमा नगरपालिकाको विकासमा सबैसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्वागत तथा विदाई कार्यक्रममा नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ६ का वडा अध्यक्ष रमेश अर्याल, वडा नं. ७ का वडा अध्यक्ष केशव गुरुङ, वडा नं. ९ का वडा अध्यक्ष राजिव थापा लगायतको उपस्थिती रहेको थियो ।

त्यस्तै, आजै नयाँ प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले पदभार ग्रहण गरेका छन् ।