आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नारायणहिटीमा बतासको अनधिकृत कार्य देखेर पर्यटनमन्त्री आलेले भने-‘विरक्त लागेर आयो’

गोकर्णेश्वर खबर३ माघ २०७८, सोमबार ०८:०४ मा प्रकाशित (२ साल अघि) २८६ पाठक संख्या

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारभित्रको बतास समूहले लिजमा लिएर सञ्चालन गर्न लागेको क्षेत्रको अवलोकन गरे ।

नारायणहिटीमा अवलोकनका क्रममा आले बंकरभित्र पनि अवलोकन गर्न पुगेका थिए। उनले त्यहाँ मदिरा राख्ने स्थल बनाउन लागेको भन्दै बतास समूहले दुष्प्रयास गरेको अभिव्यक्ति दिए ।

आक्रोशित मुद्रामा आलेले पुरातात्विक महत्वको सुन्दर क्षेत्रमाथिको दोहन सह्य नहुने बताए ।

निरीक्षणका क्रममा मन्त्री आलेले जथाभाबी बनाइएका संरचना देखेर दुःख लागेको बताए । उनले आफूहरूले यसबारे छलफल र अनुसन्धान अघि बढाएको पनि जानकारी दिए ।

मन्त्री आलेले बतास समूहले भाडामा लिएको स्थानको निरीक्षण गर्दै विरह लागेको समेत बताएका छन्।उनले पुरातात्विक स्थानको दुरूपयोग भएको देख्दा विरक्त लागेका बताएका हुन्।

ऐतिहासिक बंकरलाई मदिरा खाने ठाउँ बनाउन लागेकोमा आक्रोशित हुँदै मन्त्री आलेले भने,‘पूर्व मन्त्री आएर निरीक्षण गर्नुभयो भने यसलाई अझै पनि कफी सप नै देख्नुहुनेछ।’