आज: १७ चैत्र २०८०, शनिबार | Sat, 30, Mar, 2024

नेपाल उद्योग वाणिज्य महासंघले अफगानिस्तानलाई सहयोग पठायो

गोकर्णेश्वर खबर२ माघ २०७८, आईतवार २२:४९ मा प्रकाशित (२ साल अघि) २६२ पाठक संख्या

२ माघ, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले अफगानिस्तानलाई सहयोग सामग्री पठाएको छ । मानवीय संकट गहिँरिदै गएको अफगानिस्तानका नागरिकका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत बन्दोबस्तीका सामग्रीहरू पठाइएको हो ।

महासंघले उक्त सामग्री नेपाल सरकार परराष्ट्र मन्त्रालय मार्फत त्यसतर्फ पठाएको छ ।

आज महासंघ अध्यक्ष शेखर गोल्छाले परराष्ट्र मन्त्री माननीय डा. नारायण खडकालाई हस्तान्तरण गरेका हुन् । निजी क्षेत्रसहितको राहत सामाग्री आइतबार काबुल पठाइएको छ ।

मन्त्रालयको आग्रहमा महासंघले करिब आठ सय किलोग्राम बराबरको अत्यावश्यकीय भाडाकुडा लगायत बन्दोबस्तीका सामाग्रीहरू उपलब्ध गराएको महासंघले जनाएको छ ।