आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

सीमा विवादबारे सरकारी संयन्त्रमा कुरा हुने भारतको धारणा

गोकर्णेश्वर खबर२ माघ २०७८, आईतवार ०७:५८ मा प्रकाशित (२ साल अघि) ११७ पाठक संख्या

२ माघ, काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले सीमा विवादबारे भारतको धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ । उसले सीमा विवादबारे सरकारी संयन्त्रमा कुरा हुने भारतको धारणा रहेको बताएको छ ।

शनिबार विज्ञप्ति सार्वजनिक गर्दै भारतीय दूतावासले यो विषयमा नेपाल सरकारलाई जानकारी भएको बताएको हो । विज्ञप्तिमा विवादको विषयमा अन्तर सरकारी संयन्त्रको माध्यमबाट छलफल गर्नु उपयुक्त हुने उल्लेख छ ।

भारतीय दूतावासले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा सीमाबारे भारत सरकारको धारणा स्थिर र प्रष्ट रहेको भन्दै यस्तो बताएको हो । सीमा विवादबारेको भारतीय धारणा नेपाल सरकारलाई जानकारी गराएको भन्दै विज्ञप्तिमा लेखिएको छ, ‘यो विषयमा संवादका लागि स्थापित अन्तर सरकारी संयन्त्र र च्यानल नै उपयुक्त माध्यम हुन् ।’

काठमाडौंस्थित भारतीय दूतावासका प्रवक्ताले सार्वजनिक गर्नुभएको धारणामा विवाद समाधानका लागि निकट तथा मैत्री द्विपक्षीय सम्बन्धका मर्मका आधारमा सम्बोधन गर्न सकिने भनिएको छ ।