आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024

अग्रपंक्तिमा खटिनेलाई प्राथमिकतामा राखेर भोलिदेखि बुस्टर डोज

गोकर्णेश्वर खबर१ माघ २०७८, शनिबार ११:२५ मा प्रकाशित (२ साल अघि) ३१९ पाठक संख्या

१ माघ, काठमाडौं । काठमाडौं । सरकारले माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्ति र माघ १४ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिड १९ विरुद्धको बुस्टर डोज खोप लगाउने भएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले एक विज्ञप्ति जारी गर्दै प्रदेश र जिल्लामा खोप व्यवस्थापन गरिरहेका निकायलाई यस्तो व्यवस्था गर्न अनुरोध गरेको हो ।

पूर्ण खोप लगाएको ६ महिना पूरा भइसकेको अवस्थामा पहिला लगाएकै खोपको बुस्टर मात्रा लगाउन महाशाखाले अनुरोध गरेको छ । यसअघि स्वास्थ्य मन्त्रालयले खोपखो थप मात्रा लगाउने निर्णय गरेर अर्को दिन स्थगित गरेको थियो ।