आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

ह्वात्तै बढ्यो कोरोना, एकैदिन ५०८७ जनामा कोरोना संक्रमित, ३ को मृत्यु

गोकर्णेश्वर खबर३० पुष २०७८, शुक्रबार १७:१० मा प्रकाशित (२ साल अघि) ३७७ पाठक संख्या

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या दिनानु दिन बढिरहेको छ । शुक्रबार एकैदिन ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १३ हजार ४७४ पिसिआर परीक्षणका क्रममा ४ हजार २०४ जना र ७ हजार ८६५ एन्टिजेन परीक्षणका क्रममा ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६१३ जनाको मृत्यु भएको छ ।

त्यस्तै, थप ३०६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १५ हजार ६५३ जना निको भएका छन् । हाल नेपालमा १८ हजार २३५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।