आज: २९ बैशाख २०८२, सोमबार | Mon, 12, May, 2025

एमाले सुनसरीमा भण्डारी निर्वाचित,द्वारिकलालले १०० मत कटाउन सकेनन्

गोकर्णेश्वर खबर३० पुष २०७८, शुक्रबार ०८:५३ मा प्रकाशित (३ साल अघि) ४०९ पाठक संख्या

सुनसरी । नेकपा एमाले सुनसरीको अध्यक्षमा रेवतीरमण भण्डारी निर्वाचित भएका छन्।

बिहीबार साँझ सकिएको मतगणना अनुसार भण्डारीले अध्यक्ष पदका दुई उम्मेदवारलाई पराजित गरेका हुन्।

विजयी भएका भण्डारीले ९२० मत ल्याए। अध्यक्ष पदका उम्मेदवार खेमराज पोखरेलले सात सय ७५ र द्वारिकलाल चौधरीले ८० मत ल्याए।

एमालेको जिल्ला निर्वाचनमा एक हजार आठ सय पाँच मत खसेको थियो।

यस्तै, उपाध्यक्षमा निलम खनाल विजयी भएका छन्। खनालले एक हजार ११ तथा नन्दकुमार बस्नेतले सात सय मत प्राप्त गरे।

सचिवमा पर्शुराम यादव, उपसचिवमा योग्यराज खड्का र राम कोइराला निर्वाचित भएका छन्। निर्वाचित अध्यक्षसहित पदाधिकारी एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर हुन्।