आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

आयोगमा आज सर्वदलीय बैठक बस्दै

गोकर्णेश्वर खबर३० पुष २०७८, शुक्रबार ०८:०० मा प्रकाशित (२ साल अघि) २६९ पाठक संख्या

३० पुस, काठमाडौं । निर्वाचन आयोगमा आज स्थानीय तह निर्वाचनका विषयमा बैठक बस्दै छ । आयोगले सर्वदलीय बैठक बिहान ११ बजे आयोगको कार्यालय कान्तिपथमा बोलाएको छ ।

निर्वाचन आयोगका अनुसार सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने छ ।

यसअघि निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन आगामी ५ चैतभित्र गर्नुपर्ने सुझाव दिएका थिए ।

अहिलेका स्थानीय तहका जनप्रतिनिधिहरुको म्याद ५ जेठ २०७९ मा सकिंदै छ । कानून अनुसार, स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिनुभन्दा दुई महिनाअघि नै चुनाव गर्नुपर्छ ।