आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

धादिङ तिप्लिङमा सुख्खा पहिरोमा हराएकाहरुको खोजि गर्दै सेना

गोकर्णेश्वर खबर३० पुष २०७८, शुक्रबार ०७:५४ मा प्रकाशित (२ साल अघि) ९२ पाठक संख्या

३० पुष, काठमाडौं । उत्तरी धादिङको रुविभ्याली गाउपालिकाको तिप्लिङमा पहिरोमा परी बेपत्ता भएका ३ जना अझै फेला परेका छैनन् । हाल तिप्लिङ नेपाली सेनाका मेजरको कमाण्डमा ३६ जना सुरक्षाकर्मी र स्थानीय बासिन्दाले उद्धारको काम गरिरहेका छन् ।

साँझसम्म पनि हराएका व्यक्तिहरु भेटिएका छैनन् । बिहीबार साँझ रात परेपछि खोजीकार्य स्थगित गरिएको छ । बिहीबार दिनभर उद्धारको प्रयास गरिएपनि माथिबाट सुख्खा पहिरो खसिरहेको कारण उद्धारमा कठिनाई भएको छ । उद्धारका खटिएका सुरक्षाकर्मीहरु यतिबेला तिप्लिङको लाथुङ कार्बो प्राथमिक विद्यालयमा आश्रय लिएर बसेका छन् ।

प्रजिअ लम्सालका अनुसार हाल उद्धार कार्यका लागि नेपाली सेनाको मेजरको कमाण्डमा २० जना सेना, शसस्त्र प्रहरीका इन्सपेक्टरको कमाण्डमा ११ जना शसस्त्र प्रहरी र जनपथ प्रहरीका इन्सपेक्टरको कमाण्डमा ५ जना जनपथ प्रहरी उद्धारका लागि घटनास्थलमा खटिएका छन् । उनीहरुलाई नेपाली सेना तथा निजी हेलिकोप्टरबाट घटनास्थलमा पठाइएको थियो ।