आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

विश्वभर एकैदिन साढे ३१ लाख कोरोना संक्रमित थपिए

गोकर्णेश्वर खबर२९ पुष २०७८, बिहीबार १०:०२ मा प्रकाशित (२ साल अघि) १०९ पाठक संख्या

२९ पुष, काठमाडौं । हिजो बुधबार विश्वभरमा एकै दिन ३१ लाख ५० हजार बढी संक्रमित थपिएका छन् भनें एकैदिन आठ हजार बढीको ज्यान गएको छ । १० लाख ६४ हजार जना संक्रमण मुक्त भएका छन् । यसले विश्वभर कोरोना भाइरसको महामारी तीव्र रुपमा बढेको देखाउँछ ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा थपिएका छन् । बुधबार एकैदिन ८ लाख १४ हजार ४९४ संक्रमित थपिएको वल्डोमिटरर्सले जनाएको छ । २ हजार १६९ जना संक्रमितको ज्यान जाँदा १ लाख ३२ हजार ८८३ जनालाई मात्र निको भएको छ । सक्रिय संक्रमित २ करोड ६७ लाख २ हजार ७२२ पुगेका छन् ।

भारतमा बुधबार अढाई लाखको हाराहारीमा संक्रमित थपिएका छन् । फ्रान्समा ३ लाख ६१ हजार ७१९ जना संक्रमित थपिँदा२४६ जनाको ज्यान गएको छ । इटालीमा १ लाख ९६ हजार २२४ संक्रमित थपिँदा ३१३ जनाको ज्यान गएको छ । स्पेनमा १ लाख ७९ हजार १२५ जना संक्रमित थपिँदा १२५ जनाको ज्यान गएको छ ।

बेलायतमा १ लाख २९ हजार ५८७ जना संक्रमित थपिँदा ३९८ जनाको ज्यान गएको छ । अर्जेन्टिनामा १ लाख ३१ हजार ८२ संक्रमित थपिँदा ७५ जनाको ज्यान गएको छ ।

जर्मनीमा ८० हजार ५४२ जना संक्रमित थपिँदा ३३१ जनाको ज्यान गएको छ । टर्कीमा ७७ हजार ७२२ संक्रमित थपिँदा १४५ जनाको ज्यान गएको छ । पोल्याण्डमा १६ हजार १७३ संक्रमित थपिँदा ६८४ जनाको ज्यान गएको छ । रुसमा १९ हजार ९४६ जना संक्रमित हुँदा ७४५ जनाको ज्यान गएको छ ।

मेक्सिकोमा ३३ हजार ६२६ जना संक्रमित हुँदा १६२ जनाको ज्यान गएको छ । युक्रेनमा ७ हजार ११७ संक्रमित थपिँदा १९३ जनाको ज्यान गएको छ ।

यसैगरी, दक्षिण अफ्रिका, फिलिपिन्स, क्यानडा, भियतनाम, आइरल्याण्ड, बुल्गेरियामा हजारौं मानिसहरु कोरोना संक्रमित भएका छन् ।

विश्वभर अहिलेसम्म ३१ करोड ७५ लाख ४० हजार बढी संक्रमित भएका छन् । जसमा ५५ लाख ३० हजार बढीको ज्यान गइसकेको छ । संक्रमितमध्ये २६ करोड २८ लाख ३० हजार बढीलाई निको भएको छ ।