आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

शुक्रबार निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

गोकर्णेश्वर खबर२९ पुष २०७८, बिहीबार ०९:०५ मा प्रकाशित (२ साल अघि) ३१५ पाठक संख्या

पुस २९, काठमाडौं । निर्वाचन आयोगले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेको छ । बैठकमा प्रमुख तीन एजेन्डामा छलफल हुनेछ ।

स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन र मतदाता नामावली संकलनका विषयमा छलफल हुन लागेको हो । बैठकमा संघ ,प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने सबै दललाई निमन्त्रणा गरिएको छ ।

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन हुँदैछ । संघीयता कार्यान्वयन भएपछि पहिलो पटक निर्वाचित स्थानीय तहको निर्वाचन तयारी आयोगले थालेको छ । निर्वाचन अगाडि मतदाता नामावली संकलनलगायतका विषयमा आयोगले छलफल गर्न लागेको हो ।