आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

नेपाल प्रहरी प्रवक्ताको जिम्मेवारी डिआइजी आचार्यलाई दिइयो

गोकर्णेश्वर खबर२९ पुष २०७८, बिहीबार ०७:५२ मा प्रकाशित (२ साल अघि) ३१४ पाठक संख्या

काठमाडौं । नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) मुकुन्दराज आचार्यलाई जिम्मेवारी दिइएको छ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत् डिआइजी आचार्यलाई बुधबारदेखि लागू हुने गरी प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो।

प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार अर्को निर्णय नहुञ्जेलका लागि अस्थायी रूपमा आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।

प्रवक्तामा यसअघि प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर थिए। उनको महानगरीय अपराध महाशाखामा सरुवा भएसँगै प्रवक्ताको जिम्मेवारी खाली थियो।

प्रहरी प्रवक्ताको रूपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई खटाइने चलन छ।

तर, आवश्यक पर्दा प्रहरी महानिरीक्षकको सचिवालयले अनुकूल निर्णय गर्ने गरेको छ।

यद्यपि, प्रहरी प्रवक्तामा एसएसपी वा डिआइजी पदको प्रहरी अधिकारीलाई तोकिने गरिएको छ।