आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

ओढारमा गाडेको अवस्थामा ३२ वर्षीय युवकको शव भेटियो

गोकर्णेश्वर खबर२९ पुष २०७८, बिहीबार ०७:१३ मा प्रकाशित (२ साल अघि) २३१ पाठक संख्या

धनगढी । बैतडीमा हत्या गरेर ओढारमा गाडेको अवस्था एक जनाको शव फेला परेको छ । जिल्लाको सुुर्नया गाउँपालिका–६ स्थित धुुलिधार जंगलको ओढारमा बुुधबार स्थानीय ३२ वर्षीय डम्बर अवस्थीको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले गत मंसिर १४ गतेदेखि बेपत्ता रहेका अवस्थीको शव ओढारमा गाडेको अवस्थामा भेटिएको जानकारी दिए ।

‘अवस्थीको खोजीका लागि उहाँको परिवारले पुस १ गते हामीलाई निवेदन दिनुुभएको थियो,’ प्रहरी निरीक्षक ओझाले भने, ‘हाल हाम्रो नियन्त्रणमा रहेका सोही ठाउँका हरीश अवस्थीले दिएको सूचनाका आधारमा उनको शव भेटिएको छ । ओढारमा गाडेको शव निकालेर जिल्लातर्फ लैजादैछौँ ।’
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालतर्फ लैजादै गरेको बताउँदै प्रहरी निरीक्षक ओझाले अनुुसन्धानपछि थप कुरा खुुल्ने जानकारी दिए ।

को हुुन् प्रहरीलाई सूचना दिने हरिश ?

सुुर्नया गाउँपालिका–६ का हरिश अवस्थीलाई हालै जिल्ला प्रहरी कार्यालय बाँकेले राप्ती नदी किनारबाट नियन्त्रणमा लिएको थियो । अवस्थीले सामाजिक सञ्जाल फेसबुकमा आफूूलाई ६ जनाको समूहले अपहरण गरेर राप्ती नदी किनारमा पुर्‍याएको स्टाटसका आधारमा प्रहरीले उनलाई उद्दार गरेको थियो ।

तर अनुुसन्धानका क्रममा अवस्थीले भने बमोजिमको घटनाक्रम नदेखिएपछि प्रहरीले उनलाई नियन्त्रणमै राखेको थियो । केरकारका क्रममा प्रहरीलाई अवस्थीले डम्बरको हत्या गरेर शव ओढारमा गाडेको बताएपछि प्रहरी बुुधबार घटनास्थल पुुगेको थियो ।

प्रहरी निरीक्षक ओझाकाअनुसार उनले डम्बरको आफैंले हत्या गरेको र घटना लुकाउन अपहरणको नाटक गरेको बताएका प्रहरी निरीक्षक ओझाले बताए । हत्याको कारण भने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।