आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता पुष ३० गतेबाट माकलबारीमा हुँदै

गोकर्णेश्वर खबर२८ पुष २०७८, बुधबार २२:३० मा प्रकाशित (२ साल अघि) ७४३ पाठक संख्या

२८ पुष, काठमाडौं । दक्षिणढोका उत्थान युवा क्लबले प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । फुटबल प्रतियोगिता पुस ३० गते र माघ १ गते मनकामना फुटसल माकलबारीमा हुने भएको छ ।

प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा भाग लिन प्रति टिम रु ५ हजार दर्ता शुल्क रहेको आयोजकले बताएका छन् ।

प्रतियोगिताको संयोजक विजय तामाङ रहेका छन् ।