आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

हटस्पट बन्दै काठमाडौँ, एकैदिनमा १४९८ कोरोना संक्रमित थपिए

गोकर्णेश्वर खबर२८ पुष २०७८, बुधबार १९:१५ मा प्रकाशित (२ साल अघि) ३७१ पाठक संख्या

काठमाडौँ । काठमाडौँ उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १४९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११२८ जना, भक्तपुरमा १३४ जना र ललितपुरमा २३६ जना कोरोना संक्रमित थपिएका हुन् ।