आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

ओमिक्रोनले नेपालको जीडीपी वृद्धिदर ३.९ प्रतिशतमै खुम्चिने प्रक्षेपण

गोकर्णेश्वर खबर२८ पुष २०७८, बुधबार १६:४१ मा प्रकाशित (२ साल अघि) ८५४ पाठक संख्या

२८ पुस, सुर्खेत । चालु आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ । विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ ।

महामारीबाट बच्न खोप लगाउने जनसङ्ख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैंकले चालु आवमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतमा सङ्कुचित हुने प्रक्षेपण गरेको हो ।

‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स’ मा बैंकले चालू आर्थिक वर्षभित्र दक्षिण एसियाका मुलुकहरूमध्ये नेपालमा तेस्रो कम आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । तालिबानी कब्जामा रहेको अफगानिस्तानबारे कुनै प्रक्षेपण नगरेको बैंकले श्रीलंकामा सबैभन्दा कम २.१, पाकिस्तानमा ३.४ र नेपालमा ३.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमानित तथ्यांक तयार गरेको हो ।