आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

पर्यटनमन्त्री आले चढेको गाडी कैलालीमा दुर्घटना

गोकर्णेश्वर खबर२८ पुष २०७८, बुधबार ०८:०६ मा प्रकाशित (२ साल अघि) २२३ पाठक संख्या

२८ पुष, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ ।

उनी चढेको गाडी कैलालीको गेटामा मंगलबार बेलुका दुर्घटनामा परेको हो ।

महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमका लागि धनगढी विमानस्थलबाट जाने क्रममा मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो ।

देश सञ्चारका अनुसार मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ नम्बरको गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको हो ।

धनगढी विमानस्थलबाट मेनरोड क्रस गर्दै गरेको अवस्थामा मन्त्री आले चढेको गाडीलाई सो गाडीले ठक्कर दिएको हो ।

सडकमा हिँडिरहेको गाईलाई ठक्कर दिएर अनियन्त्रित भएको कारले आलेको गाडीलाई पनि ठक्कर दिएको प्रहरीले बताएको छ ।

मन्त्री सवार गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगरमा प्रस्थान गरेका हुन् ।

ठक्कर दिने गाडीमा सवार सबै सकुशल रहेको प्रहरीले जनाएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।