आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

२४ घण्टामा १९ सय ८१ जना सङ्क्रमित, सतर्क रहन विज्ञको आग्रह

गोकर्णेश्वर खबर२८ पुष २०७८, बुधबार ०७:५७ मा प्रकाशित (२ साल अघि) २४७ पाठक संख्या

२८ पुष, काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ९८१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार ६४८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, चार हजार ३८५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४६३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३१३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको जनाएको छ ।

सोही अवधिमा एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६०७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, देशभर हालसम्म नौ हजार ५२२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा एक लाख ८० हजार ४५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

बढ्ढो कोरोना संक्रमणसँगै स्वास्थ्य विज्ञहरुले सचेतना अपनाउन आग्रह गरेका छन् । कोरोनाको तेस्रो लहर छिट्टै आउने अवस्था देखिएकोले स्वास्थ्य विज्ञहरुले सचेतना अपनाउन आग्रह गरेका हुन् ।