आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

पर्यटनमन्त्री आले सवार गाडी दुर्घटना, मन्त्रीसहित सबै सकुशल

गोकर्णेश्वर खबर२८ पुष २०७८, बुधबार ०८:०३ मा प्रकाशित (२ साल अघि) ५०८ पाठक संख्या

धनगढी । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले सवार गाडी दुर्घटनामा परेको छ ।

मंगलबार धनगढीबाट महेन्द्रनगरतर्फ जादै गर्दा आले सवार सुदूरपश्चिमको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सुप प्र ०१००१ झ ३३३ गाडी विपरीत दिशाबाट आइरहेको बा ४ च १३७७ को गाडीसँग ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरिक्षक वकिल सिंहले दुर्घटनामा कुनै मानवीय क्षति नभएको जानकारी दिए । उनकाअनुसार मन्त्री आले महेन्द्रनगरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अर्को गाडी चढेर त्यसतर्फ गइसकेका छन् ।