आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

परोपकारी कांग्रेसका नेता जिप छिरिङ लामालाई शेर्पा किदुगबाट बधाई

गोकर्णेश्वर खबर२७ पुष २०७८, मंगलवार २०:१७ मा प्रकाशित (२ साल अघि) ४७२ पाठक संख्या

२७ पुष, काठमाडौं । नेपाली कांगेसका नव निर्वाचित केन्द्रीय सदस्य तथा संघीय सांसद जिप छिरिङ लामालाई श्यामा शेर्पा किदुगले बधाई तथा शुभकामना दिएको छ । शनिबार काठमाण्डौको शेर्पा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा किदुगले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको हो ।

दोलखा जिल्ला अधिवेशनमा सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित नेता लामा कांग्रेसको १४ औं महाधिवेशबाट अत्यधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

नव निर्वाचित केन्द्रीय सदस्य लामाले खुला ३५ तर्फको केन्दीय सदस्यमा २७ सय २ मतका साथ ९ औं स्थानको मत ल्याएका थिए । पूर्व मन्त्रीहरु अर्जुन नरसिंह केसी, गोपालमान श्रेष्ठ, मोहन बहादुर बस्नेत, दिलेन्द्र प्रसाद बडु, डा. राम शरण महत, बल बहादुर केसीलाई फराकिलो मतले धेरै पछि पार्दै सांसद लामा टप टेनमा परेका हुन् ।

शनिबार बधाई तथा शुभकामना कार्यक्रममा सफल निर्माण व्यवसायी, परोपकारी राजनीतिज्ञ, लोकप्रिय समाजसेवीको छवि बनाएका नवनिर्वाचित केन्द्रीय सदस्य तथा सांसद लामालाई दैनिक जसो बधाई र शुभकामना दिनेको ओइरो नै लाग्ने गरेको थियो । उनको निवास देखि कार्यालय सम्म पुगेर बधाई दिनेको निकै ठुलो भिड देखिन्छ ।

श्यामा शेर्पा किदुगका सल्लाहकार समेत रहेका सांसद लामालाई किदुगले कार्यक्रमको आयोजना नै गरेर बधाई दिएको हो । कार्यक्रममा श्यामा शेर्पा किदुगका अध्यक्ष तथा प्रदेश सांसद डीएन लामा, पूर्व सांसद वाङछे शेर्पा, बौद्ध धर्म गुरु खेन्पो ङवाङ होसेर लामा र दोलखा श्यामाका स्थानीयहरुको उपस्थिति रहेको थियो ।