आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

चीनमा कोरोना जोखिम कम गर्न अमेरिकी उडान रद्द

गोकर्णेश्वर खबर२७ पुष २०७८, मंगलवार १९:५१ मा प्रकाशित (२ साल अघि) ५५२ पाठक संख्या

२७ पुष, काठमाडौं । चीनले कोरोना जोखिम कम गर्न अमेरिकाबाट आउने उडानहरु रद्द गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न चीनले अमेरिकी जहाजहरुको उडान रद्द गरेको हो ।

चीनले पछिल्लो दिनमा अमेरिकाबाट आउने ६० उडान रद्द गरेको छ । अमेरिकाबाट आएका कतिपय यात्रुमा कोरोना देखिएपछि चीनले यस्तो गरेको हो । चीनले युनाइटेड, डेल्टालगायत अमेरिकाबाट आउने उडान रद्द गरेको बताइएको छ ।

डेल्टा एयरलाइन्सले डेट्रोइटबाट सांघाइका केही उडानहरु रद्द भएको जनाएको छ । अर्को हप्तासम्ममा अझै चीन आउने अमेरिकी जहाजहरु रद्द हुन सक्ने बताइएको छ ।