आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

फेरि बढ्न थाल्यो कोरोना संक्रमितको संख्या,आज २४४४ जनामा संक्रमण पुष्टि

गोकर्णेश्वर खबर२७ पुष २०७८, मंगलवार १७:३० मा प्रकाशित (२ साल अघि) ७३० पाठक संख्या

काठमाडौँ । नेपालमा मंगलबार २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १० हजार ६४८ पिसिआर परीक्षणका क्रममा १ हजार ९८१ जना र ४ हजार ३८५ एन्टिजेन परिक्षणका क्रममा ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६०७ जनाको मृत्यु भएको छ ।

त्यस्तै, थप ३१३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार ७९८ जना निको भएका छन् । हाल नेपालमा ९ हजार ५२२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।