आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

पृथ्वीनारायणलाई माल्यार्पण गर्न पूर्वराजा देखि हजारौं जनता पुगे सिंहदरवार (फोटोफिचर)

गोकर्णेश्वर खबर२७ पुष २०७८, मंगलवार १४:३२ मा प्रकाशित (२ साल अघि) ४१७ पाठक संख्या

२७ पुष, काठमाडौं । पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्न पूर्वराजा देखि हजारौं जनता सिंहदरवार पुगेका छन् ।

३०० औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न  पूर्वराजा ज्ञानेन्द्र शाह पुगेका छन् । पूर्वराजाले सिंहदरबारको मूल गेटस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । पूर्व राजाले मध्यान्ह साढे १२ बजे शालिकमा माल्यार्पण गरेका हुन् ।

यस अगाडि राष्ट्रपति विद्यादेवी भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले, राप्रपाका नेता कमल थापा लगायतले पनि शालिकमा माल्यार्पण गरेका थिए । अहिले सिंहदरबारको गेटमा भीड लागेको छ । पूर्वराजा त्यहाँ पुग्दा सर्वसाधारणले उनको पक्षमा नाराबाजी गरेका थिए ।