आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको प्रतिमामा राष्ट्रपतिद्वारा माल्यार्पण (फोटोफिचर)

गोकर्णेश्वर खबर२७ पुष २०७८, मंगलवार १३:२३ मा प्रकाशित (२ साल अघि) ३८६ पाठक संख्या

२७ पुष, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गरेकी छन् ।

३०० औँ पृथ्वी जयन्तीको अवसरमा मंगलबार बिहान सिंहदरबारको पश्चिम ढोकामा रहेको पृथ्वीनारायण शाहको पूर्णकदमा पुष्पगुच्छासहित राष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले माल्यार्पण गरेपछि सरकारका मन्त्रीहरु तथा राजनीतिक दलका नेताहरुले पनि पृथ्वी नारायण शाहप्रति सम्मान प्रकट गरेका छन् ।

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मंगलबार विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती मनाइँदैछ ।

राष्ट्रपति भण्डारी पुग्दा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक झाँकी एवं बाजागाजासहितको टोली सिंहदरबार पश्चिम मूलढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा भएको थियो ।