आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाबाट विद्यार्थीलाई न्यानो पोशाक वितरण

गोकर्णेश्वर खबर२७ पुष २०७८, मंगलवार ०९:१८ मा प्रकाशित (२ साल अघि) ४७९ पाठक संख्या

२७ पुष, काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले काभ्रे जिल्ला पनौति नगरपालिका वडा नं. ५ स्थित श्वेत गणेश आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो पोशाक वितरण गरेका छन् ।

नेपाली कांग्रेसका नव निर्वाचित केन्द्रीय सदस्य लामाले एक कार्यक्रमका बिच विद्यार्थीलाई न्यानो पोशाक वितरण गरेका हुन् ।

पोशाक वितरण कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता रोशन पाण्डे, समाजसेवी धिरेन मोक्तान लगायतको उपस्थिती रहेको थियो ।

कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित लामाले शैक्षिक क्षेत्रको विकासका लागी आफूले सक्दो सहयोग गर्नेमा जोड दिंदै उक्त विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । पोशाक वितरण कार्यक्रमको संयोजन विनोद खत्रीले गरेका थिए ।