आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

बौद्ध धर्मगुरुबाट ककनीका विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

गोकर्णेश्वर खबर२६ पुष २०७८, सोमबार २२:०० मा प्रकाशित (२ साल अघि) ३९० पाठक संख्या

२६ पुष, काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका २ सानोचित्रेमा रहेको श्री शान्तिदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्वेटर तथा शैक्षिक सामग्री वितरण गरिएको छ । सोमबार कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थिहरुलाई शैक्षिक सामग्री वितरण गरिएको समाजसेवी याङ योञ्जनले बताउनु भयो ।

सो अवसरमा धर्मगुरु ज्याम्याङ टुल्कु रिम्पोछेबाट ५९ जना विद्यार्थिहरुलाई प्रत्येकलाई टोपि, स्वेटर, कापी, पेन्सिल, शार्पनर र इरेजर वितरण गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक विश्वनाथ साहको आग्रहमा विद्यालयमा अध्ययनरत गरिब विपन्न बाल बालिकाहरुलाई सहयोग स्वरुप शैक्षिक सामग्री र न्यानोको लागि टोपि स्वेटर दिईएको धर्मगुरु ज्याम्याङ टुल्कु रिम्पोछेले बताउनु भयो ।

आज सोमबार हिमाली बौद्ध ज्योतिष पात्रो अनुसार भैषज्य बुद्धको शुभ तिथि अष्टमीको दिनमा अमेरिकामा बस्नु हुने दावा शेर्पा परिवार, भारत सिक्किममा बस्नु हुने पेमा छोजोम परिवार, मेतोक छोमो, नेपालमा बस्नु हुने दावा धार्गे परिवार, फुन्छोग वाङमो र मञ्जु टुल्कु गरी ६ दाताहरुबाट प्राप्त सहयोगबाट विपन्न गरिव विद्यार्थीहरुलाई सहयोग गरिएको हो ।