FLASH NEWS
आज: ९ माघ २०७८, आईतवार | Sun, 23, Jan, 2022 Gokarneshwor TV HD

काठमाडौं उपत्यकामा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई भोलिबाट खोप

गोकर्णेश्वर खबर२६ पुष २०७८, सोमबार १८:२१ मा प्रकाशित (१ हफ्ता अघि) २९ पाठक संख्या

२६ पुष, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै मंगलबार (भोलि)देखि उपत्यकाका तीन वटै जिल्लामा खोप लगाउने जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार उपत्यकाका यी तीन जिल्लाका केही स्थानीय तहमा भने केही दिन अघिदेखि नै खोप कार्यक्रम सूरु भइसकेको छ ।

खोप कार्यक्रम सुरु नभएका स्थानमा भोलिबाट लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ । बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ ।