आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

गोकर्णेश्वर खबर२६ पुष २०७८, सोमबार १८:०१ मा प्रकाशित (२ साल अघि) १३५ पाठक संख्या

२६ पुष, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय कार्यान्वयनमा पठाउने निर्णय गरेको छ ।

मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको हो । मन्त्रालयले एक सूचना जारी गरी बन्दको मोडालिटीबारे जानकारी दिने भएको छ ।

आइतबार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।