आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

पूर्वराजाले सिंहदरबारमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने

गोकर्णेश्वर खबर२६ पुष २०७८, सोमबार १३:५८ मा प्रकाशित (२ साल अघि) १५३ पाठक संख्या

२६ पुस, काठमाठौ‌ । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको ३०० औं जन्म जयन्तीको अवसरमा सिंहदरबारको मूल गेटमा गएर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन् ।

हरेक वर्ष माल्‍यार्पण गर्दै आएका पूर्वराजाले यसवर्षको पृथ्वी जयन्तीमा पनि सिंहदरबारको मूल गेटमा गएर माल्यार्पण गर्ने कार्यक्रम छ ।

मंगलबार दिउँसो साढे १२ बजे सिंहदरबारको मूल गेटमा माल्यार्पण गर्ने कार्यक्रम छ । पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन र राष्ट्रिय पर्व घोषणा गर्न राप्रपाले माग गरेको छ भने पृथ्वी जयन्तीलाई नेपाल दिवस घोषणा गर्न विवेकशील साझा पार्टीले माग गरेको छ ।