आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

कमल थापाले आनन्दराज बतासको पक्षमा सामाजिक सञ्जालमा लेखे

गोकर्णेश्वर खबर२६ पुष २०७८, सोमबार १२:२५ मा प्रकाशित (२ साल अघि) ६४९ पाठक संख्या

२६ पुष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा बतास ग्रुपका मालिक आनन्दराज बतासको पक्षमा उत्रिएका छन् । उनले सामाजिक सञ्जालमा आनन्दराज बतासको पक्षमा लेखेका छन् ।

सत्ता र राजनीतिक संरक्षणको सिँढीमा नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्नेदेखि थुप्रै विवादास्पद ठेक्का हात पारेका बतासबारे समाचार प्रकाशित भइरहेका बेला थापाले बतासविरुद्ध अहिले चौतर्फी हमला भइरहेको बताएका हुन् ।

थापाले फेसबुकमा लेखेका छन् ‘भित्री रहस्य थाहा छैन । मैले चिनेको (आनन्द बतास) सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन् ।’

बतासबाट कानुन उल्लंघन भएको भए कारबाही गरिनुपर्ने तर चरित्रहत्या गरिनु ठीक नभएको उनको भनाइ छ ।