आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

झारफुकमा लाग्दा राजधानीमै बालिकाको ज्यान गयो

गोकर्णेश्वर खबर२६ पुष २०७८, सोमबार ०८:२९ मा प्रकाशित (२ साल अघि) १३७ पाठक संख्या

२६ पुस, काठमाडौं । काठमाडौंमा झारफुक गर्ने ‘माता’को विश्वासमा पर्दा एक बालिकाको ज्यान गएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–२ कि १४ वर्षीय रोशनी श्रेष्ठको शनिबार मृत्यु भएको छ ।

केही महिनादेखि बिरामी रहेकी बालिकालाई उनकी आमाले २२ दिनअघि आफूलाई माता बताउने उमा शाही ठकुरीको काठमाडौंको नागार्जुन–१ रानीवन पानी ट्याङ्कीनजिकै रहेको झारफुक केन्द्रमा लगेकी थिइन् । तर, टाउको दुख्ने समस्या लिएर ‘माता’कहाँ पु¥याएकी बालिकाको स्वास्थ्यमा कुनै सुधार भएन, बरू झन् समस्या बढ्दै गयो

शनिबार बिहान एक्कासी बालिका गम्भीर बिरामी भएपछि मनमोहन अस्पताल पु¥याइएको थियो,’ प्रहरी उपरीक्षक मैनालीले भने,’त्यतिन्जेल ढिला भइसकेको थियो । चिकित्सकले मृत घोषणा गरे ।

रोशनीका परिवारले झारफुकबाट उपचार गर्ने भन्दै त्रिशुल प्रहार गरी उनको हत्या गरेको आरोप लगाएको छ । शुक्रबार दिउँसो शौचालयको अगाडि छोरी लडेको रैछ । त्यसपछि ठकुरीले त्रिशुल, लात्ता प्रहार गरेर घाइते बनाइन् । छिमेकीले नहान्न आग्रह गर्दा टहराभित्र लगेर प्रहार गरेको पाइएको छ । रोशनीका ठूलोबुबा दुर्गाबहादुर श्रेष्ठले दाबी गरे, त्रिशुलले छोरीको तिघ्रा, खुट्टा, अनुहारलगायत शरीरका विभिन्न अंगमा प्वाल नै परेको छ ।

बालिकाको मृत्यु भएपछि उनकी आमाले झारफुक गर्ने ठकुरीविरुद्ध कर्तव्य ज्यानको कसुरमा उजुरी दिएकी छन् । त्यही आधारमा प्रहरीले शाहीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

ठकुरीविरुद्ध कर्तव्य ज्यानको कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ भने बालिकाको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।