आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

२४ घण्टामा उपत्यकामा थपिए ६१५ जना कोरोना संक्रमित

गोकर्णेश्वर खबर२५ पुष २०७८, आईतवार २२:१८ मा प्रकाशित (२ साल अघि) ४७३ पाठक संख्या

२५ पुष, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्रका अनुसार २४ घण्टामा भक्तपुरमा २५, ललितपुरमा ९९ काठमाडौंमा ४९१ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार ४९१ जनामा संक्रमण पुष्टि भएसँगै काठमाडौं जिल्लामा मात्र अहिलेसम्म २ लाख ५७ हजार ७८७ जनामा कोरोना पृष्टि भएको छ। जसमा २ लाख ५३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् । मृत्यु हुनेको संख्या २२ सय २४१ पुगेको छ । सक्रिय संक्रमित २ हजार ९० रहेका छन् ।

भक्तपुरमा अहिलेसम्म ३० हजार ५६० जनामा कोरोना पृष्टि भएको छ । जसमा २९ हजार ५३४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या ४३८ पुगेको छ। भने सक्रिय संक्रमित ५८८ जना रहेका छन् ।

ललितपुरमा अहिलेसम्म ५१ हजार ७४८ जनामा कोरोना पृष्टि भएको छ । जसमध्ये ५० हजार २३६ जना संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या ७०९ छ भने ८०३ सक्रिय संक्रमित रहेका छन् ।

मिश्रले संक्रमण दर बढ्दै गइसकेको भन्दै आवश्यकता स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।