आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

काठमाडौं उपत्यकामा बालबालिकालाई कोरोनाविरुद्धको खोप

गोकर्णेश्वर खबर२५ पुष २०७८, आईतवार १५:५२ मा प्रकाशित (२ साल अघि) २१५ पाठक संख्या

२५ पुष, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा बालबालिकाका लागि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । उपत्यकाको भक्तपुर जिल्लाबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आइतबारबाट मोर्डना खोप दिन सुरु गरिएको हो । भक्तपुरमा मोर्डना र फाइजर खोप दिइने छ ।

एक साताभित्र उपत्यकाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाइसक्ने योजना छ । सरकारले ५७ जिल्लामा बालबालिकालाई मोडर्ना र २० जिल्लाका बालबालिकाहरूलाई फाइजर खोप दिने निर्णय गरेको थियो ।

यसैगरी, काठमाडौंमा २७ पुसदेखि बालबालिकालाई खोप दिने तयारी गरिएको छ । स्थानीय पालिकाहरुसँग समन्वय गरी काठमाडौं जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका २ लाख ७० हजार बालबालिकालाई खोप दिइने छ ।

यस्तैगरी, ललितपुरमा पनि मंगलबारबाट नै बालबालिका लागि फाइजर खोप दिइने भएको छ । उपत्यकाका तीनवटै जिल्लामा बालबालिकालाई विद्यालयमै पुगेर कोरोना विरुद्धको खोप दिइने छ ।