आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

खराब मौसमका कारण डोमेष्टिक तर्फका केही उडान प्रभावित

गोकर्णेश्वर खबर२५ पुष २०७८, आईतवार १३:४० मा प्रकाशित (२ साल अघि) ३२३ पाठक संख्या

२४ पुष, काठमाडौं । खराब मौसमका कारण आन्तरिक (डोमेष्टिक) तर्फका केही उडानहरु प्रभावित हुन पुगेका छन् । त्रिभूवन विमानस्थल (टीआईए) का अनुसार आइतबार बिहान देखिनै केही तराई क्षेत्रका एयरपोर्टहरु (विमानस्थल) मा बाक्लो हुस्सु कारण खुल्न नसक्दा उडान प्रभावित हुन पुगेका हुन् ।

टीआईएका अनुसार पूर्वको विराटनगर, भैरहवा, जनकपुर, सिमरा र तुम्लिनटार गरि पाँचवटा विमानस्थल बाक्लो हुँस्सकै कारण हालसम्म खुल्न सकेका छैनन् ।

अन्य केहीँ विमानस्थलहरु भने घाम लागेसँगै सुचारु हुन थालेको छ। यता अन्तर्राष्ट्रिय उडानतर्फ भने कुनै समस्या रहेको छैन ।